२०८३ भाद्र १३ गते शनिवार

नेपाल र अमेरिकाबीचको खेल रद्द

काठमाण्डौ, १८ जेठ ।  आईसीसी टी ट्वान्टी विश्वकप अघिको नेपाल र अमेरिकाबीचको अभ्यास खेल रद्द भएको छ । स्थानिय समयअनुसार बिहान साढे १० बजे अर्थात नेपाली समयअनुसार राति सवा ९ बजे शुरु हुनु पर्ने खेल वर्षाका कारण रोकिएको थियो । टेक्ससको डल्लासमा रहेको ग्रान्ड प्रेरी मैदानमा टस जितेर अमेरिकाले पहिलो ब्याटिङ गर्ने निर्णय लिएको थियो ।

तर खेल वर्षाका कारण रद्द भयो । यसअघि नेपाल पहिलो अभ्यास खेलमा गएको सोमवार क्यानाडासँग ६३ रनले पराजित भएको थियो । त्यस्तै अमेरिका र बङग्लादेशबीच अस्ति मङ्गलवार हुने भनिएको खेल भने खराब मौसमका कारण रद्द भएको थियो । अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको नवौँ संस्करणको प्रतियोगिता जुन २ तारिख अर्थात पर्सि आइतवारदेखि शुरु हुँदैछ ।।

प्रकाशित मिति : २०८१ जेष्ठ १८ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।