२०८३ भाद्र १२ गते शुक्रवार

नेपाली खेलाडीको टी–२० वरीयता खस्कियो

काठमाण्डौ, १६ जेठ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी आईसीसी टी–२० क्रिकेट विश्व वरीयताको बलिङतर्फ चार स्थान तल झरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आज सार्वजनिक गरेको वरीयतामा उनी चार स्थान तल झर्दै ९९ स्थानमा पुगेका छन् । सोमपाल यसअघि टी–२० वरीयताको बलिङतर्फ ९५ औँ स्थानमा थिए । टी–२० बलिङ वरीयतामा इङ्ग्ल्यान्डका अदिल रशिद पहिलो र श्रीलङ्काका वानिन्दु हसरङ्गा दोस्रो स्थानमा यथावत् छन् ।

भारतका अक्षर पटेल एक स्थान सुधार गर्दै तेस्रो स्थानमा आइपुगेका छन् । यस्तै टी–२० क्रिकेटको ब्याटिङ वरीयतामा दीपेन्द्रसिंह ऐरी ५० औँ र नेपालका कप्तान रोहितकुमार पौडेल ६१ औँ स्थानमा यथावत् छन् । यस्तै आसिफ शेख एक स्थान तल झर्दै ८९ स्थानमा पुगेका छन् । टी–२० ब्याटिङ वरीयतामा भारतका सूर्यकुमार यादव पहिलो, इङ्ग्ल्यान्डका फिल साल्ट दोस्रो र पाकिस्तानका मोहम्मद रिजवान तेस्रो स्थानमा यथावत् छन् ।।

प्रकाशित मिति : २०८१ जेष्ठ १६ गते बुधवार
प्रतिक्रिया