२०८३ भाद्र १२ गते शुक्रवार

नेपाल क्यानडासँग ६३ रनले पराजित

काठमाडौं, १५ जेठ ।  आईसीसी टी–२० विश्वकप अघिको पहिलो अभ्यास खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । अमेरिकाको डल्लासमा रहेको ग्रान्ड प्रेरी क्रिकेट मैदानमा गएराति भएको खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको हो । क्यानडाले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर ३ बलमा एक सय २० रनमा समेटिएको थियो ।

नेपालका कुशल मल्लले सर्वाधिक ३७ रन बनाउनुभयो । क्यानडाका डिलन हेलिगर एक्लैले ४ विकेट लिनुभयो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ८३ रन बनाएको थियो । उसका निकोलस किर्टनले सर्वाधिक ५२ रन बनाउनुभएको थियो । नेपालले अब दोस्रो अभ्यास खेलमा अमेरिकासँग पर्सि बिहिवार खेल्नेछ ।।

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया