२०८३ भाद्र २६ गते शुक्रवार

दंगीशरण–६ मा १५ लाख लागतमा खुल्ला व्यामसाला बनाइदै

तुलसीपुर, १४ जेठ ।  दाङको दंगीशरण गाउँपालिका–६ मा १५ लाख लागतमा खुल्ला व्यामसाला निर्माण गरिदै छ । आर्थीक बर्ष २०८०/०८१ को बजेट मार्फत प्रदेश सरकारबाट विनियोजन भएको १० लाख र पालिकाबाट ५ लाख गरी जम्मा १५ लाख बजेटबाट उक्त व्यामसाला निर्माण गर्न लागिएको वडाअध्यक्ष रोशनजंग शाहले जानकारी दिनुभयो । उहाँका अनुसार खुल्ला व्यामसालाले वडाबासीलाई विभिन्न किसिमका शारिरिक ब्यामहरु गर्न सहज हुने अपेक्षा गरिएको छ ।

खुल्ला व्यामसालामा हात, खुट्टा, कम्मर, ढाड, छाती, टाउको लगाएत शरिरका विभिन्न अंगहरुको एक्सरसाइज गर्न मिल्ने वडाअध्यक्ष शाहले बताउनुभयो । व्यामसालाको निर्माण कार्य अन्तिम चरणमा रहेको भन्दै निर्माण कार्य सम्पन्न भएलगत्तै उद्घाटन गरिने वडाअध्यक्ष शाहले बताउनुभएको छ ।।

प्रकाशित मिति : २०८१ जेष्ठ १४ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।