२०८३ भाद्र १२ गते शुक्रवार

सन्दीप लामीछानेलाई विश्वकप खेल्न पठाउन पहल गर्दै सरकार

काठमाडौं, १० जेठ ।  युवा तथा खेलकुद मन्त्रालयले क्रिकेटर सन्दीप लामिछानेलाई आईसीसी टी–ट्वान्टी विश्वकप खेल्न पठाउने पहल थालेको छ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्कासँग कुराकानी पछि मन्त्रालयले सन्दीपको भिसा उपलब्ध गराउन आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको हो ।

बलात्कारको मुद्दामा उच्च अदालतले सफाइ दिए पछि क्यानले अन्तर्राष्ट्रिय क्रिकेट परिषदसँगको समन्वयमा सन्दीपलाई नेपाली टोलीमा समेट्दै विश्वकप खेल्न अमेरिका पठाउन लागेको थियो । तर काठमाडौँमा रहेको अमेरिकी दुतावासले सन्दीपलाई प्रवेशाज्ञा अर्थात् भिसा दिन अस्विकार गरेको थियो ।।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया