२०८३ भाद्र १२ गते शुक्रवार

पहिलो टी–२० क्रिकेटमा अमेरिका ५ विकेटले विजयी

काठमाडौ, ९ जेठ ।  बङ्गलादेशसँगको पहिलो टी–२० मा अमेरिका विजयी भएको छ । गएराति भएको खेलमा अमेरिकाले बङ्गलादेशलाई ५ विकेटले हराएको हो । बङ्गलादेशले दिएको १ सय ५४ रनको लक्ष्य अमेरिकाले ३ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टाएको थियो । त्यसअघि टस हारेर ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो ।

आईसीसी टी–२० विश्वकप क्रिकेटअघि बङ्गलादेश र अमेरिकाले तीन खेलको टी–२० श्रृङ्खला खेल्दैछन् । शृङ्खलाको दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल शनिवार हुनेछ । बङ्गलादेश आउँदो टी–२० विश्वकपमा नेपाल रहेको समूह ‘डी’ मा छ । नेपाल र बङ्गलादेशबीचको खेल जुन १७ तारिखमा हुँदैछ ।।

प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते बुधवार
प्रतिक्रिया