२०८३ भाद्र १२ गते शुक्रवार

आईपीएल क्रिकेटमा आज मुम्बई र लखनउ खेल्दै

काठमाण्डौ, ४ जेठ ।  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाइन्ट खेल्दै छन् । मुम्बईको वानखेडे स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति पौने ८ बजे शुरु हुनेछ ।

जारी आईपीएलमा मुम्बई प्लेअफको दौडबाट बाहिरिइसकेको छ । मुम्बईको १३ खेलमा ८ अङ्क रहेको छ र तालिकामा पुछारमा रहेको छ । त्यस्तै लखनउ १३ खेलमा १२ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ ।।

प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते शुक्रवार
प्रतिक्रिया