२०८३ भाद्र २६ गते शुक्रवार

तुलसी ट्रेड टावरको निर्माण कार्य ७० प्रतिशत

तुलसी ट्रेड टावरको निर्माण कार्य ७० प्रतिशत पुरा भएको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ । इस्टमेट अनुसार निर्माणको काम पाँचौ तलासम्म पुगेको र फिनिसीङको काम पनि सँगसँगै अघि बढेकाले हालसम्म ७० प्रतिशत काम पुरा भएको इन्जिनियर पवन योगीले जानकारी दिनुभयो । ६ तले भवन निर्माणका लागि समानान्तर, डायनामिक र नारायणम जेभीले १४ करोड ४२ लाख रुपैयाँमा ठेक्का लिएको इन्जिनियर योगीले बताउनुभयो ।  २०८१ चैत्र मसान्त भित्र निर्माण कार्य पुरा गर्नेगरी निर्माण कम्पनीले २०७८ चैत्र १२ गते सम्झौता गरेको थियो ।

अन्डरग्राउण्डमा पार्कीङ, पहिलो तला व्यापारिक, तेस्रो र चौथो तला प्रशासनिक, पाँचौ तला सेमिनार हल र छैठौ तला रेष्टुरेन्टका रुपमा प्रयो गरिने छ । तुलसी टावरमा दुइटा लिफ्ट र एउटा इलिभेटर (भ¥याङसहितको विद्युतबाट चल्ने सिँढी) पनि राखिने भएको छ ।  तुलसी टावर निर्माण पूरा भएपछि यो नै जिल्लाको सबैभन्दा आधुनिक सरकारी कार्यालय बन्ने देखिएको छ ।

जहाँ लिफ्टसहितको छ तलाको टावर निर्माण हुनेछ । साढे १७ मिटर लम्बाइ र ३४ मिटर चौडाइ रहेको टावरको निर्माण कार्य तीन वर्षमा पूरा गर्ने सम्झौता भए पनि समय आगाबै पुरा हुने कम्पनीले बताएको छ । २३ करोडमा टेन्डर आह्वान गरिए पनि समानान्तर, डायनामिक, नारायणम जेभीले भ्याटबाहेक साढे १४ करोडमा ठेक्का लिएको थियो । कुल लागतमध्ये ७० प्रतिशत रकम नगर विकास कोषको ऋण र ३० प्रतिशत रकम तुलसीपुर उपमहानगरको लगानीमा निर्माण हुन लागेको हो । उपमहानगरपालिकाको उत्तरतर्फ रहेको १० कट्ठा क्षेत्रफलमा निर्माणको काम भइरहेको छ । 

प्रकाशित मिति : २०८० चैत्र २० गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।