२०८३ भाद्र २७ गते शनिवार

गोला ढुङ्गा र काँचो माटोबाट घर नबनाउन आग्रह

काठमाण्डौ, १ माघ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोला ढुङ्गा र काँचो माटोबाट घर नबनाउन आग्रह गरेको छ । गोला ढुङ्गा र काँचो माटोबाट बनेका घर भूकम्पबाट अति जोखिममा रहने भएकाले यस्ता घर निर्माणमा कसैलाई पनि प्रोत्साहन नगर्न प्राधिकरणले अनुरोध गरेको हो । जाजरकोट भूकम्पमा परेर क्षति भएका घरहरू यस्तै ढुङ्गा र काँचो माटोबाट बनेका धेरै रहेको बताउँदै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले सर्वसाधारण पनि आफैँ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

जाजरकोटकै पनि बारेकोटमा खानीका ढुङ्गा प्रयोग गरेर बनाएका घरमा क्षति कम भएको उहाँले उल्लेख गर्नुभयो । पोखरेलले कर्णाली प्रदेशका ८० प्रतिशत घरहरू काँचो माटो र डल्लो ढुङ्गाबाट बनेका जानकारी दिँदै अब गोला ढुङ्गाबाट घर नबनाउन अनुरोध गर्नुभयो । प्राधिकरणले गोला ढुङ्गालाई काट्ने फलामको आरोको बन्दोबस्त गर्ने भएको छ ।

प्रकाशित मिति : २०८० माघ १ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।