२०८३ भाद्र २७ गते शनिवार

दाङको फुर्केसल्ली र मलईको जग्गा नापजाँच नगर्न निकुञ्जको आग्रह

तुलसीपुर, ९ पौष ।   बाँके राष्ट्रीय निकुञ्जले मध्यवर्ती क्षेत्रभित्र पर्ने ऐलानी जग्गा नाप नक्सा नगर्न आग्रह गरेको छ । निकुञ्जले दाङसहित सल्यान र बाँकेका विभिन्न स्तानिय तहलाई पत्र पठाउदै मध्यवर्ती क्षेत्रभित्र पर्ने जग्गा नापनक्सा नगर्न आग्रह गरेको हो । निकुञ्जले दाङको दंगीशरण गाउँपालिका १ को फुर्केसल्ली र बबई गाउँपालिका १ र ७, सल्यानको कालिमाटी गाउँपालिका ५ र ७, बाँकेको कोहलपुर नगरपालिका २, १२ र १३, राप्ती सोनारीको १, २, ८ र ९, बैजनाथ गाउँपालिकाको १, ३ र ४ नम्बर वडा मध्यवर्ती क्षेत्रभित्र पर्ने भएकाले उक्त क्षेत्रमा कुनैपनि जग्गा नापजाँच नगर्न आग्रह गरेको छ ।

राष्ट्रीय निकुञ्ज ऐन, २०२९ तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली, २०५२ को प्राबधान अनुसार मध्यवर्ती क्षेत्र भित्रको राष्ट्रीय वन क्षेत्रको जग्गा दर्ता गर्न नहुने, कुनै व्यक्तिको हक प्राप्त नहुने र पुर्वाधार विकासको लागी नेपाल सरकारको निर्णय बमोजिम बाहेक वन क्षेत्रको भुउपयोग परिवर्तन नहुने व्यवस्था रहेको निकुञ्जले जनाएको छ । अहिले दंगीशरण गाउँपालिकासहित अन्य विभिन्न स्थानिय तहहरुले जग्गा नापजाँचको काम गरिरहेका छन् ।

प्रकाशित मिति : २०८० पुष ९ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।