तुलसीपुर, २७ मंसिर । लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले दंगीशरण गाउँपालिका १ को फुर्केसल्ली जोड्ने सडकमा बजेट नपरेको बताउनुभएको छ । दाङ जिल्लाको दुर्गम बस्तीका रुपमा रहेको फुर्केसल्ली जाने सडकमा स्थानिय जनप्रतिनिधिले बजेट परेको बताउदै आएकोमा अर्थमन्त्री मास्कीले भने हाललाई कुनै बजेट नपरेको बताउनुभएको हो । विशेषगरी दंगीशरण १ का वडाअध्यक्ष रमेश भण्डारीले बाँकी हुदै फुर्केसल्ली जोड्ने सडकमा करोडौँ बजेट परेको र अबको केही समयमै काम हुने भनेर जनमानसमा भ्रम झर्दै आउनुभएको थियो । तर, लामो समयसम्म काम सुरु हुन नसक्दा संका उब्जिएपछी स्थानियतह हुदै प्रदेशका विभिन्न निकायहरुमा बुझ्दै जादा उक्त सडकमा एक रुपैयाँ पनि बजेट नपरेको पाइएको हो । फुर्केसल्ली सडकमा बजेट परेको भन्ने कुरा गलत रहेको भन्दै अर्थमन्त्री मास्कीले बबईको मलई र दंगीशरणको फुर्केसल्ली सडकमा कत्तीपनी बजेट नपरेको कुरा प्रष्ट पार्नुभएको हो ।
बजेट हाल्ने सोच भएपनि टाइपिङ गर्न छुटेकाले बर्बाद भएको उहाले बताउनुभएको छ । बरु सोही सडक अन्र्तगत पर्ने बखरिया गोल्टाकुरी जोड्ने कलमखोलामा पुल निर्माणको लागी एक करोड २५ लाख रुपैयाँ परेको अर्थमन्त्री मास्कीले बताउनुभयो । सो पुल निर्माण भइसकेपछी आगामी दिनमा सडक विस्तारका लागी थप बजेट हाल्न सकिने उहाको भनाई छ । आगामी वर्ष उक्त सडकमा बजेट राखिने उहाले बताउनुभएको छ । यता फुर्केसल्ली सडक पक्की हुने आसमा बसेका स्थानिय अहिले आएर निराश बनेका छन् । स्थानिय जनप्रतिनिधिले बाटो पक्की बन्ने भन्दै फुर्केसल्लीबासीलाई झुक्याएर भोट माग्ने प्रपञ्च रचेको स्थानियले आरोप लगाएका छन् ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।