२०८३ भाद्र २५ गते बिहिवार

कपुरकोट गाउँपालिकाले गर्‍यो दुई पुस्तक सार्वजनिक

सल्यान, ३ असोज । सल्यानको कपुरकोट गाउँपालिकाले संविधान दिवस २०८० को अवसरमा पालिकाको चिनारीका लागि दुई पुस्तक सार्वजनिक गरेको छ । कपुरकोट गाउँपालिकाको भाैगाेलिक, ऐतिहासिक, साँस्कृतिक, राजनितिक, आर्थिक र सामाजिक जीवनसँग सम्बन्धित विविध पक्षको विषयलाई एकीकृत रुपमा राखेर कपुरकोट दर्पण र आठ हजारी झ्याङा नामक पुस्तक सार्वजनिक गरेको हो ।

 कपुरकोट गाउँपालिकाले प्रकाशन गरेको कपुरकोट दर्पण र आठ हजारी झ्याङा नामक पुस्तक कपुरकोट ५ रिमका साहित्यकार भद्रसिंह बुढाले लेख्नु भएको हो । प्राप्त श्रोतको अभाव र कठिनाइका कारण भने जस्तो पुस्तक लेख्न नसकेता पनि कपुरकोटका सन्दर्भमा जान्न चाहने संघसंस्था, शोधकर्ता र भावी पुस्ताका लागि पुस्तकले कपुरकोटको चिनारी दिनसक्ने विश्वास लिएको लेखक बुढाले बताउनु भयो ।

 आज सार्वजनिक गरिएको कपुरकोट दर्पणको डा.प्रेम योगी र आठ हजारी झ्याङाको डा. मित्र पाठकले टिप्पणी गर्दै प्रकृतिले सिँगारिएको कपुरकोट गाउँपालिका भित्रका मानिसहरु, साँस्कृतिक तथा सामाजिक रुपमा परिश्रमी, लगनशील,स्वाभिमानी र उत्पादनशील रहेको पुस्तकका लेखकले उल्लेख गरेको चित्रण गर्नु भयो ।

 पुस्तक सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले पुस्तकमा कपुरकोटका विभिन्न स्थानहरूको नामाकरणको अर्थ, भाषा, धार्मिक तथा पर्यटकीय स्थल, मनाइने चाडपर्व, कला संस्कृतिसँगै सामाजिक जनजीवनको कार्यमा लेखकले बिशेष मेहनत गरेको बताउनु भयो । उँहाले गाउँपालिकाको बारेमा अध्ययन गर्न चाहने शोधकर्ता र विद्यार्थीका लागि पुस्तक मार्गदर्शक बन्ने अपेक्षा गर्नु भयो ।

 यस्तै कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले गाउँपालिकाको विविध विषयको सन्दर्भमा  आधारभूत चिनारीका लागि पुस्तकले विशेष सहयोगीको भूमिका निर्वाह गर्ने बताउनु भयो । उहाँले विगतमा हाम्रा पूर्वजहरूका गर्ने गरेका सकारात्मक संस्कार र रीतिरिवाजको बारेमा नयाँ पुस्तालाई पुस्तकले जानकारी दिने बताउनु भयो ।

 गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीको अध्यक्षतामा भएको कार्यक्रममा वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डा.मित्र पाठकले लेख्नु भएको लघुकथा संग्रह हाकिमको देशको पनि विमोचन गरिएको छ । भने कपुरकोटको कला, साहित्य तथा मौलिक संस्कृति संरक्षणका लागि शान्तराम सेञ्चुरीको अध्यक्षतामा ९ सदस्यीय कपुरकोट कला, साहित्य तथा संस्कृति संरक्षण समिति गठन गरिएको छ ।

 वडा नम्बर ४ का वडा अध्यक्ष मित्रलाल कठायतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा  शिक्षा दिवसका अवसरमा नेपाल सरकारबाट प्रदान गरिने राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गर्ने नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमुचौरका प्रधानाध्यापक दामोदर शर्मा, नेपाल विद्या भुषण (क) बाट विभूषित हुनु हुने डा. मित्र पाठक र आज सार्वजनिक पुस्तकका लेखक भद्रसिंह बुढालाई सम्मान गरिएको थियो भने कार्यक्रमको सहजिकरण योजना तथा प्रशासन शाखा प्रमुख खगेन्द्र बहादुर शाहीले गर्नुभएकाे थियाे

प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।