२०८२ चैत्र २० गते शुक्रवार

ओली र लेखकलाई थप दुई दिन थुनामा राख्न अनुमति

काठमाण्डौँ, २० चैत ।  जिल्ला अदालत काठमाण्डौले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अदालतले यही चैत १५ गते पाँच दिन म्याद थपको अनुमति दिएकोमा त्यो म्याद सकिएपछि दुई दिन म्याद थप गरेको हो ।

नवयुवा आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री र कांग्रेस नेता रमेश लेखक गृहमन्त्री हुनुहुन्थ्यो । आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले अध्यक्ष ओली र नेता लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो । आयोगको सिफारिसका आधारमा प्रहरीले गएको शनिबार ओली र लेखकलाई पक्राउ गरेको थियो ।।

प्रकाशित मिति : २०८२ चैत्र २० गते शुक्रवार
प्रतिक्रिया