तुलसीपुर, २१ फागुन — दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका लागि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) (नेकपा एमाले) का उम्मेदवार घनश्याम पाण्डे ले मतदाताप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। पाण्डेले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचनमा सहभागी भई मतदान गर्ने सम्पूर्ण मतदाताप्रति आभार प्रकट गर्नुभएको हो। विज्ञप्तिमा उहाँले मतदाताले मतदानमार्फत लोकतान्त्रिक प्रक्रियाप्रति देखाएको विश्वास र समर्थनप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ।
निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन सहयोग पु¥याउने सुरक्षा निकाय, निर्वाचनमा खटिएका कर्मचारी, स्वयंसेवक तथा सरोकारवाला सबैप्रति पनि पाण्डेले धन्यवाद व्यक्त गर्नुभएको छ। मतदाताले देखाएको विश्वास र समर्थनले आगामी दिनमा जनताको सेवामा अझ जिम्मेवार भएर लाग्न प्रेरणा मिलेको उहाँको भनाइ छ।
निर्वाचनको परिणाम जस्तोसुकै आए पनि जनताको हित र क्षेत्रको विकासका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता पनि पाण्डेले व्यक्त गर्नुभएको छ। निर्वाचन प्रक्रियालाई सफल बनाउन भूमिका खेल्ने राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी तथा नागरिक समाजप्रति पनि उहाँले आभार व्यक्त गर्नुभएको छ।




