शरद रेग्मी
तुलसीपुर ६ फागुन । एन प्याब्सन दाङको ९ औ साधारणसभा तुलसीपुरमा सम्पन्न भएको छ । एन प्याव्सन दाङका जिल्ला अध्यक्ष भिम बहादुर बुढाथोकीको अध्यक्षता तथा एन प्याब्सनका केन्द्रिय अध्यक्ष रितुराज सापकोटाको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।
सभाले जिल्लामा रहेका स्थानिय तहहरु शिक्षा एन निमार्णको तयारिमा रहेको हुदा निजी बिद्यालयहरुको बिकास र गुणस्तरिय शिक्षाका लागी सहयोगि हुने ऐन बनाउने बिषयमा ध्यानाकर्षण गराउने निर्णय गरको छ ।
सभाले एन बनाउदा शिक्षामा देखिएको बिभेदको अन्त्य तथा सामुदायिक र संस्थागत बिद्यालयहरु बिचको सम्वन्ध बिस्तार र सहकार्यका लागी समेत ध्यान पु¥याउन आग्रह गर्ने निर्णय गरेको छ । त्यसैगरि केहि पाठय पुस्तकमा एकरुपता ल्याउने निर्णय गरेको छ । जसका लागि बिज्ञ समुह बनाएर पाठय पुस्तक छनौट गर्ने निर्ण भएको छ । सभाले एन प्याव्सन दाङको कार्यालय भवन निमार्णका लागी यसैवर्ष भित्रमा जग्गा खरिद गर्ने , शैक्षिक सत्र सस २०७५ देखी वृहत खेलकुद महोत्सवको आयोजना गर्ने तथा बिद्यालयका प्रिन्सिपल र शिक्षकहरुका लागी बिभिन्न तालिम तथा गोष्ठीहरुको आयोजना गर्ने निर्णय समेत गरिएको एन प्याव्सन दाङका सचिव ठाकुर प्रसाद डागिले जानकारि दिनुभयो ।
सो ्अवसरमा निवर्तमान अध्यक्ष कर्ण बहादुर शाही, प्रदेश न.५ का प्रमुख सुबोध डाँगी, बाग्मति सरसफाई अभियानका अभियन्ता डा. राजु अधिकारी, केन्द्रिय समितिका उपमहासचिव पारश मनि दाहाल, कोषाध्यक्ष प्रताप थापा, प्रदेश नम्वर ५ का सचिब कुशम रानाभाट, केन्द्रिय सदस्यद्धय प्रकाश शर्मा, प्रेम नेपाली, प्रदेश न.५ का सदस्य नरेश आचार्य, टोपेन्द्र खनाल, नेसनल प्याब्सन बाके जिल्ला अध्यक्ष कुवेर वस्नेत लगाएतकाले सस्थागत विद्यालयको बारेमा आफ्नो धारणा राख्नु भएको थियो । साधारणसभामा एन प्याव्सन दाङ यसवर्ष देखी शुरु गरेको वर्ष उत्कृष्ट बिद्यार्थिहरुलाई पुरस्कार तथा सम्मान गरिएको थियो । त्यस्तै एन प्याव्सन दाङलाई समय समयमा सहयोग गर्ने बिभिन्न पव्लिकेशन , स्टेशनरि सहति बिभिन्न ब्यक्तिहरुलाई स्मेत सम्मान गरिएको थियो । सभामा एन प्याव्सन दाङका सचिव ठाकुर डागिले सांगठनिक तथा कोषाध्यक्ष हरि प्रसाद भण्डारिले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । एन प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष बिमल गौतमको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजिकरण सचिव डागिले गर्नु भएको थियो । सो साधारण सभाको उदघाटन अगाडि बिहान वाग्मति सरसफाई अभियानका अभियन्ता तथा प्रशिक्षक डाक्टर राजु अधिकारीले नेत्रृत्व बिकास र योगका बारेमा प्रशिक्षण दिनुभएको थियो ।