शिक्षकको अध्यक्षमा हुकुम वुढाथोकी चयन

दाङ १३ माघ । एकीकृत अखिल नेपाल शिक्षक संगठन दाङको अध्यक्षमा हुकुमबहादुर बुढाथोकी चयन हुनुभएको छ । आठौं जिल्ला सम्मेलनबाट निर्वाचित जिल्ला समितिले शनिवार पदाधिकारी चयन गरेको हो । यसअघि सम्मेलनबाट जिल्ला समिति निर्वाचिन भए पनि पदाधिकारी चयन गर्न सकेको थिएन ।
शनिबारको बैठकले पदाधिकारी चयन गरेको छ । जसमा बरिष्ठ उपाध्यक्ष मोहनशमशेर थापा, महिला उपाध्यक्ष बिमला भट्टराई, उपाध्यक्षहरु बिष्णु भण्डारी, झक्कुप्रसाद खत्री र सोमबहादुर ओली रहनुभएको छ । त्यस्तै सचिवमा अमृत श्रेष्ठ र अर्थसचिवमा जीतबहादुर बिक चयन हुनुभएको छ । सहसचिवहरुमा शिवनारायण चौधरी, लीलाधर बिक र नुमबहादुर डाँगी चयन हुनुभएको छ ।
जिल्ला सदस्यहरुमा लीलाधर नेपाली, मीनबहादुर रावत, मुरारी कार्की, देउकुमार ओली, माघव महरा, नन्द खडका, रिता सुवेदी, शोभाराम यादव, भागिरथि शर्मा, बिष्णुप्रसाद पौडेल, गोकर्णबहादुर पुन, टेकबहादुर ओली, तिलकराम थापा, तुलसीराम चौधरी, अम्मरबहादुर डाँगी, डोमाकान्त अधिकारी, केशव पोख्रेल, बिजय अधिकारी, रामवरण यादव र लक्ष्मण सुवेदी रहनुभएको छ ।
त्यस्तै मोहनलाल ओलीको संयोकत्वमा ५ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ । जसमा सदस्यहरु हरि यादव र गिरिराज लम्साल रहनुभएको छ भने दुई सदस्य पछि थपिने संगठनले जनाएको छ । नयाँ जिल्ला समिति चयन गर्न मस्तबहादुर श्रेष्ठको संयोजकत्वमा निर्वाचन मण्डल रहेको थियो ।

प्रकाशित मिति : २०७४ माघ १३ गते शनिवार
प्रतिक्रिया