दाङमा सबैभन्दा बढी भ्रष्टाचार शिक्षामा

घोराही, १२ माघ ।
शिक्षा क्षेत्रमा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्याङ्कले देखाएको छ । आर्थिक बर्षको साउन महिनादेखि पुस महिनासम्म आयोगमा परेका उजुरीको आधारमा शिक्षा क्षेत्रमा सबैभन्दा बढी भ्रष्टाचारका घटना हुने गरेको देखिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कोहलपुरका अनुसार अहिलेसम्म परेका दाङका एक सय छ वटा उजुरीमध्ये सबैभन्दा धेरै २९ वटा उजुरी शिक्षा क्षेत्रको परेको छ । कार्यालयका प्रमुख  ईश्वर कार्कीले शिक्षापछि बन तथा भु—संरक्षणका २४ वटा उजुरी परेको जानकारी दिनुभयो ।

यस्तै संघीय मामिला तथा स्थानीय विकासका १३ वटा, भुमिसुधार ब्यबस्थाका सात, सिचाईको सात, स्वास्थ्यको छ, खानेपानी तथा सरसफाईको पाँच भौतिक पुर्बाधार तथा यातायातका पाँच वटा उजुरी परेको आयोग प्रमुख कार्कीले जानकारी दिनुभयो । यस्तै पशुपंक्षी तीन, सहरी बिकास दुई, उर्जा एक, कृषि बिकास एक, गृह एक, महिला बालबालिका तथा समाज एक, सूचना तथा सञ्चार प्रबिधि एक सम्बन्धी एक वटा उजुरी दर्ता भएका हुन् ।

आयोगले सबैभन्दा बढी उजुरी बाँके जिल्लाका परेको तथ्याङ्क सार्बजनिक गरेको छ । बाँकेमा एक सय ६५, दाङमा एक सय छ, बर्दियाका एक सय, रोल्पा ३०, प्युठानका पाँच गरी चार सय छ वटा उजुरी परेको प्रमुख कार्कीले जानकारी दिनुभयो । नँया युगवोधमा यो समाचार छापिएको छ ।

प्रकाशित मिति : २०७४ माघ १२ गते शुक्रवार
प्रतिक्रिया