सल्यानमा निरन्तर कक्षा संचालन

मिना बुढाथोकी ,माघ १२ सल्यान ।
यस वर्ष जिल्लाका २ हजार ४ सय ३० जनाका लागी प्रौढ शिक्षा अन्र्तगत निरन्तर कक्षा संचालन हुने भएको छ । जिल्ला शिक्षा कार्यलय सल्यानले यस वर्ष प्रौढ शिक्षा अन्तरगत निरन्तर कक्षा संचालन गर्न लागेको जनाएको छ ।
जिल्ला शिक्षा अधिकारी देवी प्रसाद सुवेदीले निरन्तर कक्षा संचालनको तैयारी तीव्र रुपले अगाडी बढी रहेको बताए । उनले भने हामीले निरन्तर कक्षा संचालनका लागी सामुदायिक सिकाई केन्द्र स्थापना गरि परिचालिका मार्फत कक्षा संचालन गर्न लागेका छौं ।
निरन्तर कक्षा संचालनका लागी पहिलो चरणको सहजकर्ताको तालीम बिहिबार सदरमुकाम खलंगामा सम्पन्न भएको छ । पहिलो चरणको यस तालीममा शारदा नगरपालिका,कपुरकोट गांउपािलका र कालीमाटी गांउपालिकाका सहजकर्ताहरुको सहभातिगा रहेको थियो ।
एक नगरपालिका र दुई गांउपािलका बाट ४७ जना सहजकर्ता हरुको सहभागीता रहेको शारदा नगरपालिका –२ की सिकाई केन्द्रकी परिचालिका मुना हमालले बताईन । गत वर्षहरुमा साक्षर कक्षा लिएका हरुले आफुले जानेका कुरा लाई निरन्तरता दिनका लागी निरन्तर कक्षा संचालन गरेको जिशिअ सुवेदीले बताए ।

पहिलो चरणको तालीम लि सकेका सहजकर्ता हरुले आप्mनो क्षेत्रमा गएर माघ १५ गते देखीनै निरन्तर कक्षा संचालन गर्ने उनले बताए । जिशिअ सुवेदीले भने यो निरन्तर कक्षा ३ महिनाको हुने छ । माघ १५ देखी शुरु हुन लागेको निरन्तर कक्षा बैशाख १५ गते सक्ने भनेर योजना बनाएका छौं । निरन्तर कक्षा पहिलो चरणमा ६ सय ४५ जना लाभान्वित हुने छन ।

फाईल फोटो

प्रकाशित मिति : २०७४ माघ १२ गते शुक्रवार
प्रतिक्रिया