देउखुरी , १७ फागुन । दाङको लमही नगरपालिका – ९ रिहारमा नेकपा एमालेको ग्रास रुट कार्यक्रम अन्तर्गत वडा भेला सम्पन्न भएको छ । नेकपा एमालेको केन्द्रीय कमिटीको निर्देशन अनुसार हाल जिल्लाका विभिन्न वडा तथा पालिकामा ग्रास रुट अन्तर्गतका कार्यक्रम सुरु भएका छन् । जस अन्तर्गत बस्ती स्तरसम्म पुगेर आधारभूत तहका पार्टीको अवस्था पत्ता लगाउने, सदस्यको वास्तविक तथ्याङ्क, सदस्यता नविकरण तथा आधारभूत राजनितिक , शैदान्तिक प्रशिक्षण दिने कार्यक्रम्को योजना भएको छ ।
बुधवार पार्टीका जिल्ला कमिटी सदस्य टोप बहादर घर्तीको संयोजकत्वमा लमही ९ का वडा कमिटीका अध्यक्ष खिमबहादुर केसीको अध्यक्षता तथा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य रेशमबहादुर वलीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलामा बोल्ने बक्ताहरुले पार्टीको संगठन बिस्तारका लागि अभियान महत्वपूर्ण हुने बताएका थिए । कार्यक्रममा लमही ईञ्चार्ज रतन केसी, जिल्ला कमिटी सदस्य मोहनबहादुर बुढा, नगर सचिब भानु जोशी लगायतको सहभागीता रहेको थियो । साथै भेलाले वडाका बस्तीस्तरमा पुग्नका लागि विभिन्न योजना समेत तयार गरेको छ ।