शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना बन्द गर्नुपर्छ : पाण्डे

तुलसीपुर, ११ माघ /
तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डले शैक्षिक वेरोजगार उत्पादन गर्ने कारखानलाई परिर्वतन गर्नु पर्ने बताउनु भएको छ । ग्रेट अरिनको इङलिस सेकेन्डरी स्कुलको २१ औं वार्षिकोउत्सव तथा अभिभावक दिवसलाई तुलसीपुरमा सम्बोधन गर्दै प्रमुख पाण्डेले शिक्षा पद्धती ठिक नहुँदा बर्षेनी पाँच लाख युवा बेरोजगार हुने बताउनुभयो ।  रुपान्तरनमुखी शिक्षा नभए अझै ठूलो शैक्षिक समस्या देखा पर्ने भन्दै उहाँले नयाँ सोच र योजनाका साथ अघि बढेर शिक्षालाई परिवर्तन गर्न सकिने बताउनुभयो ।

तुलसीपुरलाई शैक्षिक गन्तव्यका रुपमा विकास गर्न आवश्यक रहेको भन्दै सामुदायिक र नीजि विद्यालयहरु सबै मिलेर यस क्षेत्रलाई शक्षिक हब बनाउनु पर्नेमा जोड दिनुभयो । प्राविधिक शिक्षाले नै मान्छेलाई रोजगारी र समृद्धिको यात्रामा अघि बढाउने भन्दै अब त्यस तर्फ सोच्न आवश्यक रहेको उहाँले बताउनुभयो । प्राविधिक शिक्षा खोल्ने शिक्षण संस्थालाई त्यहाँ सम्म पुग्ने बाटो पक्की, विजुली लगाएतका भोतिक पुर्वाधारको विकासका लागि नगरपालिका सहयोग गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा स्कुलका प्रिन्सीपल मानबहादुर बस्नेतले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा उत्कृष्ट शिक्षक लक्ष्मी केसी, धिरेन्द्र देवकोटा र कार्यालय सहयोगी मायवती चौधरीलाई सम्मान गरिको थियो । ग्रेट अरिनको इङलिस सेकेन्डरी स्कुल संचालकास मितिका अध्यक्ष शालिक राम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्यावसन दाङका अध्यक्ष यादव गिरी, तुलसीपुर उपमहानगरपालिका ६ का वडाअध्यक्ष नवराज लामीछाने, १८ का वडा अध्यक्ष माधव वली, प्रमुख वक्ता ढुण्डीराज गिरी, विष्णुप्रसाद देवकोटा लगाएतले बोल्नु भएको थियो ।

कार्यक्रममा विद्यालयमा अध्यनरत विभिन्न छात्राहरुले रोचक र कलात्म प्रस्तुती राखेका थिए । कार्यक्रमको संचालन शिक्षक नारायण भट्टराईले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०७४ माघ ११ गते बिहिवार
प्रतिक्रिया