
तुलसीपुर, १२ फागुन । बुद्धिमान रामकुमारी बस्नेत अनाथ तथा आसहाय अक्षयकोषबाट २ जना छात्रछत्रालाई पुरस्कृत गरिएको छ । पत्रकार ओपेन्द्र बस्नेतले स्वर्गीय बुवाआमाको सम्झनामा माध्यामिक विद्यालय अश्वारामा स्थापना गरेको ५० हजार राशिको अक्षयकोषबाट कक्षा ८ मा अध्ययनरत नम्रता चौधरी र कक्षा १२ मा अध्ययनरत खगेन्द्र वलीलाई पुरस्कृत गरिएको हो ।
माध्यामिक विद्यालय अश्वाराको ६३ औ वार्षिकोत्सवका अवसरमा विद्यालयमा अध्ययनरत असहाय अनाथ बालबालिका मध्यबाट उत्कृष्ट नतिजा ल्याउने चौधरी र वलीलाई अक्षयकोष दाता बस्नेतले नगद सहित प्रमाणपत्रले सम्मान गर्नुभएको हो ।
प्रकाशित मिति : २०७९ फाल्गुन १२ गते शुक्रवार