मिसन ‘ग्रासरुट’ अभियान प्यूठानमा सम्पन्न

दाङ, ९ फागुन । नेकपा एमाले पालिटव्यूरो सदस्य गिरीधारीलाल कँडेलले ग्रासरुट अभियानले पार्टी तथा कार्यकर्ताहरुको बानी ब्यबहारमा परिवर्तन ल्याउने बताउनु भएको छ । नेकपा एमाले प्यूठानले प्यूठान नगरपालिका ४ विजुवारमा आयोजना गरेको ‘ग्रासरुट’ अभिमुखीकरण कार्यक्रममा बोल्दै पार्टी भित्र रहने तर,गलत विचारले पार्टीका विरुद्धको लाग्ने हरुका लागी यस अभियानले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु भएको छ ।

यस्तै नेकपा एमालेका केन्द्रिय सदस्य घनश्याम पाण्डेले नेकपा एमाले पार्टी भित्र विचार, दृष्टिकोणले खडेरी परेको बताउनु भएको छ । ‘एमाले नेता कार्यकर्ता हुँ’ भन्ने तर,निर्वाचनका बेला अन्तरघात गर्नेहरुले गर्दा नै पराजय भोग्नु पर्ने अवस्था आएको बताउँदै देशैभर ‘ग्रासरुट’ अभियान सञ्चालन भएकोे र अबको ४ वर्ष पछि नेकपा एमालेले जुनसुकै ठाउँबाट पनि विजय हासिल गर्ने बताउनु भयो । यसका लागी पार्टी भित्र भएका खराब आचरणका ब्यक्तिहरुलाई कार्वाही गरी व्यवबहारमा सुधार ल्याउनु आवश्यक रहेको बताउनु भएको थियो ।

पार्टीका जिल्ला अध्यक्ष विजय विराज विष्टको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य ईश्वरी जि.एम.लगाएतले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रममा नौ वटा गाउँपालिकाबाट नेता तथा अगुवा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०७९ फाल्गुन ९ गते मङ्गलवार
प्रतिक्रिया