२०८३ असोज २६ गते सोमवार

  तुलसीपुरमा बाइककाे ठक्करबाट सुर्खेतकी महिला घाइते 

तुलसीपुर, २३ पुस । दाङको तुलसीपुरमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ७ इत्राम निवासी ५१ वर्षकी लक्ष्मीदेवी शाह रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिनुभयो ।

घाइते महिलाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । महिलालाई तुलसीपुरको बसपार्कमा साँझ सात बजे नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएलगत्तै भागेको थियो ।

धारापानी मन्दिरको दर्शन गरेर घर फर्किदै गरेको बसबाट  ओर्लिएर चिया पिउन पसलमा जाँदै गर्दा मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्कर दिने मोटरसाइकलको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।।

प्रकाशित मिति : २०७९ पुष २३ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।