२०८३ जेष्ठ १६ गते शनिवार

तुलसीपुरमा बि पोजेटिभ रगतको अभाव बढ्दै

चेतन ओली

तुलसीपुर, २१ पुस । दाङको तुलसीपुरमा बि पोजेटिभ रगतको अभाव देखिएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सेकलसेल एनिमिया, थालसेमिया र डाइलाइसिसका बिरामीको सङ्ख्या धेरै भएको र यि रोगका बिरामीहरूलाई बि पोजेटिभ ब्लडको आवश्यक पर्ने हुँदा बि पोजेटिभ ब्लडको अभाव धेरै हुने गरेको नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र तुलसीपुरले जानकारी दिएको छ ।

यही पुस ११ र १८ गते गरिएको रक्तदान कार्यक्रम मार्फत झन्डै ५० जनाले रक्तदान गरेपछि केही सहज भएको केन्द्रले जनाएको छ । रक्त सञ्चार सेवा केन्द्र तुलसीपुरमा अहिले बि पोजेटिभ रगत १५ प्वाइन्ट मात्रै रहेको हुदा अबको एकदुई दिनमा फेरी रगत अभाब हुन सक्ने केन्द्रको भनाई रहेको छ । रगतको अभाव हुन लागेसँगै जेसिस, रोट्रयाक, रोट्री र युथ्स अफ तुलसीपुर जस्ता क्लबहरूसँग समन्वय गरेर तत्काल रगतको व्यवस्थापन गर्दै आइरहेको केन्द्रले बताएको छ । रगत अभावकै कारण तुलसीपुरमा केहीपनि बिरामीले ज्यान गुमाउने अवस्था भने नआएको बताइएको छ ।

प्रकाशित मिति : २०७९ पुष २१ गते बिहिवार
प्रतिक्रिया