अल्छी शिक्षकले सामुदायिक विद्यालयको बदनाम भयो – शिक्षाविद्

 

तुलसीपुर, २८ पुष

शिक्षाविद् डाक्टर विद्यानाथ कोइरालाले कतिपय अल्क्षी शिक्षकका कारण सामुदायिक विद्यालयको वदनाम भइरहेको बताउनुभएको छ ।
शिक्षा संचार संजाल दाङले तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले आफु घाम तापेर बस्ने र विद्यार्थीलाई मात्रै पढपढ भन्ने गरेका कारण सामुदायिक विद्यालयको नतिजा खस्कीएको बताउनुभयो । ‘कतिपय शिक्षकहरु स्कुलमा उपस्थित हुदैनन’ डा. कोइरालाले भन्नुभयो– ‘भएपनि मनलगाएर पढाउदैनन् कसरी हुन्छ गुणस्तर शिक्षा ?’
विद्यार्थीको रुचि अुनसार पढाईलाई अघि बढाउनु पर्ने भन्दै उहाँले गुणस्तर शिक्षाका लागि विद्यार्थी र शिक्षक दुवै सकृय हुनुपर्ने बताउनुभयो । धेरै सामुदायिक विद्यालयहरु नेपालमा पनि नमुनाका रुपमा स्थापित भएको चर्चा गर्दै उहाँले त्यो काम गरेर सफल भएको बताउनुभयो ।

काम नगर्ने तर नतिजा मात्रै खोज्ने प्रवृतिले विद्यार्थी र शिक्षाको सुधार हुन नसक्ने भन्दै डा. कोइरालाले विद्यार्थी जान्ने, बुझने भए भने त्यसले स्वयम पढाउने शिक्षको समेत विकास हुने बताउनुभयो ।

शिक्षा संचार संजालका संयोजक ओपेन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा अर्का शिक्षाविद् धननजय शर्माले हाम्रो मुल्याङ्कन गर्ने प्रणाली खराब रहेको बताउनुभयो । बर्षभरी पढाएको विद्यार्थी तीनघन्टा गरेको परिक्षमा फेल हुँदा फेलै भयो भनेर घोषणा गर्ने सोचाई र प्रवृतिमा नै खोट रहेको बताउनुभयो ।
‘विद्यार्थी परिक्षामा सहभागी हुदै गर्दा, उ बिरामी छकि, अथवा भोकै छकि, वुवाआमाले पिट्नु भयोकि, बाटोमा आउँदा कसैले तनाव गरायोकि, अथवा उसलाई कुनै समस्या आइपरेको पनि त हुनसक्छ’– शर्माले भन्नुभयो यता तर्फ नबुझेर परिक्षमा गर्न सकेन भनेर फेलको घोषणा गरिदिन्छौ ।’ विद्यार्थीलाई साथीको जस्तो व्यवहार गरेर उसलाई रमाइलो वातावरणमा पढ्ने अवस्थाको सृजना शिक्षकले नै गर्नु पर्ने उहाँको भनाई थियो ।
शिक्षा संचार संजालका सदस्य दिपक बोहराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन संजालका सदस्य निरला अर्याल गैरेले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०७४ पुष २८ गते शुक्रवार
प्रतिक्रिया