आज दाङका निजि विद्यालय बन्द

तुलसीपुर,२५ पुस ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालले आज देशभरिका निजी विद्यालय बन्द गर्ने भएको छ। प्याव्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलेको निधनमा प्याब्सनले देशभरिका निजी विद्यालय बन्द गर्ने निर्णय गरेको हो । यता प्याव्सन जिल्ला अध्यक्ष यादव गिरीले एक विज्ञप्ती निकालेर दाङका निजि विद्यालय बन्द हुने जानकरी गराउने भएको छ ।

प्याब्सनका पूर्वअध्यक्ष पोखरेलेको शनिवार विहान नर्भिक अस्पतालमा निधन भएको थियो। प्याब्सनका सल्लाहकारसमेत रहेका ६७ वर्षीय डा पोखरेलको आज नै दाहसंस्कार गरिने छ ।  वि.सं.२०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट समानुपातिक सभासद् रहेका थिए ।

प्रकाशित मिति : २०७४ पुष २५ गते मङ्गलवार
प्रतिक्रिया