२०८३ भाद्र २६ गते शुक्रवार

धरतीमै हिरा मोती मिल्छ भन्ने भुलेँ !

आकाशका तारा टिप्न कहाँ कहाँ डुलेँ
धरतीमै हिरा मोती मिल्छ भन्ने भुलेँ
स्वर्ग जाने रहरले देव पुज्नेहरू
धरती नै स्वर्ग बन्छ श्रम गरौँ बरु
पराईघर राम्रो देखी यतैतिर लागेँ
आफ्नो घर बिगारेर सुख खोज्दै भागेँ
पराई भन्ने पराई हो सुख पाइएन
अबदेखि पराईको दाना चाहिएन
जहिले पनि पराइकै फूलबारी सिंचेँ
तर मैले आफ्नै घर फूल रोप्न बिसेँ
उसको देश झिलीमिली मेरै पसिनाले
मेरो देश भताभुङ्ग अन्तै म जानाले
मेरो घर छाइद्यौ भनी भिख माग्दै घुमेँ
आफ्नो घर आफै छाऔँ भन्ने कुरा भुलेँ
लौन अब मागी मागी घर छाइदैन
आफ्नो घर आफै छाउँछु अर्को चाहिँदैन
   बालगीतका रचनाकार शिक्षा प्रेमी तथा चित्रकार  खगेश्वर भण्डारी हुनुहुन्छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर १७ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।