तुलसीपुर, १५ मंसिर । माध्यामिक विद्यालय तुलसीपुर सेन्टर स्कुलमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । विद्यालयको १७ औं अभिभावक भेलाले लेखतराम पौडेलको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरेको हो ।
जसको पदेन सदस्य सचिवमा भागवत पौडेल, पदेन सदस्यमा तुलसीपुर उपमहानगरपालिका –६ का वडा अध्यक्ष दुजमान भण्डारी, सदस्यमा विवेक कुमार बिक, सुशीला खड्का, निर्मला बिक रहनु भएको छ । त्यसैगरी मनोनित सदस्यमा संस्थापकबाट नारायण प्रसाद रजौरे र महिलाबाट जयन्ता खड्कालाई चयन गरिएको छ । त्यसैगरी भेलाले नेत्र बस्नेतको अध्यक्षतामा ११ सदस्य शिक्षक अभिभावक समिति गठन गरेको छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर १५ गते बिहिवार





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।