विश्व कप फुटबलको नतिजालाई लिएर बेल्जियम र नेदरल्यान्ड्समा हिंसा फैलियो

काठमाडौ, १३ मंसिर । विश्व कप फुटबलको नतिजालाई लिएर बेल्जियम र नेदरल्यान्ड्समा हिंसा फैलिएको छ । आइतबारमोरक्कोले बेल्जियमलाई २–० गोलले हराएपछि बेल्जियमलाई अघिल्लो चरणमा पुग्न समस्या थपिएको छ । बेल्जियम दुई खेलमा तीन अङ्कसहित तेस्रो स्थानमा छ । कतारमा आफ्नो देशले हारेसँगै बेल्जियममा समर्थकले हिंसा मच्चाएका छन् । हारबाट आक्रोसित समर्थकले राजधानी ब्रसेल्समा दर्जनौँ पसल र गाडी तोडफोड गरेका छन भने केही घाइते भएका छन् ।

प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । यस्तै, नेदरल्यान्ड्सको राजधानी आम्टरडममा पनि फुटबल समर्थकले हिंस्रक प्रदर्शन गरेका छन् । इक्वेडरसँग बराबरी खेलेपछि आक्रोसित भिडले पसल र गाडी तोडफोड गरेको थियो । प्रहरीले मुख्य तीन वटा सहरमा लाठी चार्ज गरेको छ । राजधानीका सडकमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १३ गते मङ्गलवार
प्रतिक्रिया