आयोगको निर्देशनपछि सुनसरी ४ मा मतगणना सुरु हुँदै

काठमाण्डौ, १३ मंसिर । शनिवारदेखि स्थगित भएको मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिए पछि सुनसरी ४ मा सर्वदलीय बैठक बसीरहेको छ । आज बिहान ७ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी भएको छ । सुनसरी ४ मा कांग्रेसबाट उम्मेदवार बनेका सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले ६०६ मत गडबड भएपछि पुनःमतगणनाको माग गर्दै आयोगमा निवेदन दिनु भएको थियो ।

तर, आयोगले पुनःमतगणना नभइ अहिलेसम्म गणना भएको बाहेक बाँकी मत गणना गर्न निर्देशन दिएको छ । अहिलेसम्म ६० हजार बढी मतगणना हुँदा कार्कीले ९८ मतले अग्रता गर्नु भएको छ । सुनसरी ४ मा कार्की र नेकपा एमालेका जगदीशप्रसाद कुसियतबीच प्रतिस्पर्धा भएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १३ गते मङ्गलवार
प्रतिक्रिया