तुलसीपुर,१८ पुस ।
कक्षा ८ को परीक्षा अव स्थानिय तहले गर्ने भएका छन । विगतमा जिल्ला शिक्षा कार्यालयले गराउदै आएकोमा अव स्थानिय तहले गराउने छन। कक्षा ८ को वार्षिक परीक्षा स्थानिय तहलाई दिएको जिल्ला शिक्षा अधिकारी रमेश प्रसाद मैनालीले बताए । उनका अनुसार अव सवै स्थानिय तहले त्यो अधिकार प्राप्त गरेर परीक्षा सञ्चालन गर्ने छन्।
शिक्षा समितिले सोमवार स्थानिय तहका प्रमुख सग गरेको छलफलमा श्रोत ब्यक्तिको करार सम्झौता र हाजिर लगाउने जिम्मा पनि स्थानिय तहमा दिने सहमति भएको छ ।
प्रकाशित मिति : २०७४ पुष १८ गते मङ्गलवार