२०८३ असोज ६ गते मङ्गलवार

एमालेको पहिलो चुनावी सभा थर्कोटमा 

एउटै वडाबाट संघ र प्रदेशमा दुई जनाले टिकट पाएपछि वडावासी उत्साहित

तुलसीपुर, १७ कार्तिक । नेकपा एमाले दाङ निर्वाचन क्षेत्र नं ३ (१) ले  पहिलो चुनावी सभा सबैभन्दा अग्लो स्थानमा गर्ने भएको छ । विपक्षी गठबन्धन भन्दा चुनावी मोर्चामा अग्रपंक्ति र उचाइमा भएकाले तुलसीपुर –३ स्थित  थर्कोटमा पहिलो चुनावी सभा गर्न लागेको नेकपा एमाले क्षेत्र नं ३ – निर्वाचन परिचालन समितिका संयोजक मेघराज भुसालले जानकारी दिनुभयो । थर्कोट दाङको सबैभन्दा अग्लो स्थानमा पर्दछ । त्यहाँ आयोजना गरिने चुनावी सभाले सबैभन्दा विकटमा पर्ने थर्कोटको विकास र प्रचार प्रसारमा समेत महत्वपूर्ण योगदान पु¥याउने संयोजक भुसालले बताउनुभयो । कुनै पनि शुभकार्यको थालनी थर्कोटबाट सुरुवात गर्दा सफलता प्राप्त गर्न सकिन्छ भन्ने धार्मिक जनविश्वास रहेको छ । सिद्ध बाबाले सिद्धि प्राप्त गरेको थर्कोटमा लामो समयसम्म खडेरी पर्दा  पानी पार्नका लागि त्यहाँ गएर पञ्च बल हान्ने प्रचलन वर्षौँदेखि चल्दै आएको छ । २०७४ सालको स्थानीय निर्वाचनको समयमा तत्कालीन मेयरमा उठ्नु भएका प्रस्तावित मुख्यमन्त्री तथा प्रदेश सभा सदस्यका उम्मेदवार घनश्याम पाण्डेले थर्कोटमा गएर पूजाआराधना गर्नुभएको थियो । शुक्रबार बिहान ११ बजे उद्घाटन गरिने चुनावी सभालाई प्रतिनिधि सभा सदस्यका उम्मेदवार कोमल वली, प्रदेश सभा सदस्यका उम्मेदवार घनश्याम पाण्डे लगाएतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ओली र पाण्डे  केन्द्रिय सदस्य र एउटै वडाका बासिन्दा हुन् । एउटै वडाबाट प्रतिनिधि र प्रदेश सभामा दुई जनाले टिकट पाएपछि वडाबासी उत्साहित भएका छन् । 

प्रकाशित मिति : २०७९ कार्तिक १७ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।