दाङमा दरवन्दी मिलान अन्तिम चरणमा

तुलसीपुर,१२ पुस ।
लामो समय देखि हुन नसकेको शिक्षक दरबन्दी मिलान कार्य अन्तीम चरणमा पुगेको छ । सम्भवत यो महिना भित्र शिक्षकहरु दरवन्दी मिलान भएका विद्यालयमा पुग्ने गरेर तयारी भएको शिक्षा कार्यालय र शिक्षक पेशागत महासंघले जनाएको छ । महासंघका अध्यक्ष अमर बहादुर खड्काका अनुसार दरवन्दी मिलान अन्तीम चरणमा पुगेको बताए ।

हालसम्म निमावि र मा.वि तहको दरवन्दी मिलान भएको उनले बताए । अव प्रावि तहको दरवन्दी मिलानको काम पनि केहि दिनमै हुने उनले बताए । गोरक्ष दैनिकमा अमरराज आचार्यले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २०७४ पुष १२ गते बुधवार
प्रतिक्रिया