बिमल गौतम्,तुलसीपुर ११ पौष ।
एन प्याव्सन दाङले मेधावि छात्र छात्रा प्रतियोगिता गर्ने भएको छ । एन प्याव्सन दाङ जिल्ला कार्यसमितिका जखेरातालमा सम्पन्न भएको वैठकले फागुनमा जिल्ला स्तरिय छात्र र छात्रा मेधावि प्रतियोगिता गर्ने निर्णय गरेको छ । जिल्ला भरका एन प्याव्सनमा आवद्ध बिद्यालय मध्ये बाट प्रतियोगिता गरि एक जना मेधावि छात्र र एक जना मेधावि छात्रा पुरस्कृत गर्ने वैठकले निर्णय गरेको छ ।
प्रतियोगितालाई ब्यवस्थीत तथा बृहत रुपमा सम्पन्न गर्नका लागी वैठकले एन प्याव्सन दाङका अध्यक्ष भिम बहादुर वुढाथोकिलाई तयारिका लागि जिम्मेवारि समेत दिएको छ । जिल्ला अध्यक्ष भिम बहादुर वुढाथोकिको अध्यक्षता , केन्द्रिय उपाध्यक्ष सुवोध कुमार डागिको प्रमुख आतित्थ्यता एवम केन्द्रीय सदस्य द्धय प्रकाश कुमार शर्मा र प्रेम नेपालीको बिशिष्ट आतित्थ्यतामा भएको वैठकले आगामि पौष २७ एन प्याव्सन डे मनाउने निर्णय समेत गरेको छ । उक्त दिन बिहान रक्तदान कार्यक्रम गर्ने र दिउसो पत्रकार संग फुटसल प्रतियोगिता गर्ने निर्णय गरेको छ ।
जसको संयोजन गर्नका लागी वरिष्ठ उपाध्यक्ष बिमल गौतमको संयोजकत्वमा ३ सदस्यीय समिति समेत गठन गरेको छ । त्यसैगरि वैठकले माघ मसान्त सम्ममा सवै स्थानिय तहहरुमा एन प्याव्सनका कमिटी गठन गर्ने , माघ १६ गते शहिद दिवसको अवसरमा घोराहिमा जिल्ला स्तरिय निवन्ध प्रतियोगिताको आयोजना गर्ने , माघ २६ गते साधारण सभा गर्ने निर्णय समेत गरेको छ । त्यसैगरि वैठकले आगमि माघमा कक्षा दशको सेण्डअप परिक्षा संचालन गर्ने निर्णय समेत गरेको छ । भने कक्षा ९ र कक्षा ८ को एन प्याव्सन स्तरिय वार्षिक परिक्षा समेत संचालन गर्नका लागि उपाध्यक्ष भोजराज न्यौपानेको संयोजकत्वमा समिति गठन गरेको छ । वैठकले एन प्याव्सन दाङमा आवद्ध बिद्यालयहरुमा पठन पाठन गराईएका पाठय पुस्तकको बिवरण समेत संकलन गर्ने निर्णय गरेको छ ।
वैठकमा बौल्दै प्रमुख अतिथि सुवोध कुमार डागिले जिल्ला स्तरिय रुपमा बिभिन्न क्रियाकलापहरुको आयोजना गर्न सके मात्र संस्था चलाएमान हुने भन्दै अतिरिक्त क्रियाकलापहरुलाई निरन्तरता दिन आग्रह गर्नु भयो । डागिले संस्थाले अतिरिक्त क्रियाकलापको आयोजना गर्दा बालबालिकाहरुलाई प्रत्यक्ष फाईदा पुग्ने र उनीहरुको चौतर्फी बिकासमा टेवा पुग्ने बताउनु भयो । एन प्याव्सन दाङका उपाध्यक्ष एवम देउखुरि संयोजक भुमाण्डव केसीको स्वागत मन्तब्य बाट शुरु भएको वैठकको सहजीकरण सचिव ठाकुर डागिले गर्नु भएको थियो ।