प्रदेशको राजधानी दाङ नभए आठौं राजधानीको जन्म हुन्छ – उपप्रधान मन्त्री महरा

तुलसीपुर, ५ पुष
उपप्रधान मन्त्री कृष्ण बहादुर महराले ५ नं. प्रदेशको राजधानी दाङ नभए आठौं राजधानीको जन्म हुने बताउनुभााएको छ । तुलसीपुर उद्योग वाणीज्य संघले आयोजना गरेको स्वागत कार्यक्रममा महराले दाङ राजधानी हुनेमा ढुक्क हुन आग्रह गर्दै यदि त्यसो नभए आठौं राजधानी बन्ने बताउनुभयो । वुटवल या दाङ कहाँ हुने भन्ने विषयमा चर्चा चलिरहेकाबेला महराले यस्तो बताउनु भएको हो । ‘म काठमान्डौ गएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी शर्मा वलीलाई भेटेर कुरा गरेको छु’– उप्रधानमन्त्री महराले भन्नुभयो, उहाँहरुले सकारात्मक कुरा गर्नु भएको छ, हन्डे«ड प्रसेन्ट ढुक्क हुनुहोस दाङ राजधानी वन्छ ।’
वुटवलमा राजधानी बन्छ भन्ने कुरा हल्ला मात्रै भएको भन्दै हल्ला पछि नलाग्न  आश्वस्त पार्नुभयो । ‘उनिहरुले ठूलो हल्लाखल्ला मच्चाएका छन महराले भन्नुभयो’–तपाईहरुले हल्ला गर्न नसके पनि नआत्तिनुहोस ।’
स्वागत कार्यक्रममा तुलसीपुर उद्योगबाणीज्य संघका निवर्तमान अध्यक्ष बिमाल रिजालले न्यायीक र तार्कीक हिसावले दाङमा राजधानी वन्नु पर्ने बताउनुभयो । यो सरकारले नगरे पनि नयाँ जनादेश पाएको सरकारले पहिलो निर्णय नै राजधानी दाङलाई नै तोक्नेमा दाङबासीहरु आशावादी भएको बताउनुभयो । आफुहरुलाई भन्दा पनि निर्वाचित जनप्रतिनिधिलाई ५ नं. प्रदेशको राजधानी कहाँ बनाउने भन्ने चिन्ता बढि भएकाले पनि ढुक्क भएको बताउनुभयो । तुलसीपुर उद्योगबाणीज्य संघका अध्यक्ष विरबहादुर रावत‘विरु’को अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण बाणीज्यसंघका प्रेस सल्लाहाकार सरद रेग्मीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ पुष ५ गते बुधवार
प्रतिक्रिया