बैदेशिक रोजगार छात्रबृत्ति वितरण गरिने

बसन्त परियार,तुलसीपुर २७ मंसीर ।
जिल्ला शिक्षा कार्यालय दाङले यस बर्ष ८४ जना विद्यार्थिहरुलाई द्धन्द्धपिडित छात्रबृत्ति वितरण गर्ने जनाएको छ । गत बैशाख र जेठमा आवेदन दिएका दिएका मध्ये ८४ जनाको नाम स्विकृत भएको छात्रबृत्ति शाखाका खरीदार धनबहादुर नेपालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रा.वि.तर्फका ४ जनालाई १० हजार, निमावि तर्फ २६ जनालाई १२ हजार र मा.वि.तर्फ ४७ जनालाई १४ हजार रुपैंया छात्रबृत्ति वितरण गरीने छ ।

यसैगरी उच्च मा.वि.तहका ७ जनालाई १६ हजार रुपैंया छात्रबृत्ति दिइने छ । शसस्त्र द्धन्द्धको समयमा ज्यान गुमाएका,अगभंग भएका र बेपत्ता पारीएका छोराछोरीहरुलाई सरकारले बर्षेनी उक्त छात्रबृत्ति दिदै आएको छ ।

यस्तै बैदेशिक रोजगारमा गई मृत्यु भएका वा अशक्त भएका छोराछोरीहरुले पनि छात्रबृत्ति पाउने भएका छन । बैदेशिक रोजगार प्रबद्धन बोर्डले जिल्ला शिक्षा कार्यालय दाङ मार्फत उक्त छात्रबृत्ति दिन लागेको हो । १ देखि ८ कक्षा सम्म अध्ययन गर्नेलाई ८ हजार र ९ देखि १२ कक्षा सम्म अध्ययन गर्नेलाई १२ हजारका रुपैंया छात्रबृत्ति दिईने जिल्ला शिक्षा कार्यलय दाङले जनाएको छ ।।

प्रकाशित मिति : २०७४ मङ्सिर २७ गते बुधवार
प्रतिक्रिया