२०८३ असोज ७ गते बुधवार

तुलसीपुरमा वृहत पार्टी प्रशिक्षण कार्यक्रम गर्ने एमालेको तयारी

तुलसीपुर, १६ साउन । नेकपा एमाले तुलसीपुरले बृहत पाटी प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । नगर कमिटीको सोमबार तुलसीपुरमा बसेको बैठकले आउदो बुधबार तुलसीपुर ९ दोघरेमा बिहान ११ बजे हुने कार्यक्रमलाई वृहत रुपमा व्यवस्थित बनाउनेगरी तयारी गर्ने निर्णय गरेको छ । पाटिका केन्द्रिय महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमलाई भब्यरुपमा सफल बनाउनका लागि विभिन्न जिम्मेवारी समेत बाँडफाड गरिएको छ ।

कार्यक्रममा तुलसीपुरका १९ वटै वडा बाट कम्तीमा ५० जनाका दरले नेताकार्यकर्तालाई सहभागी गराउने,पार्टीका हरेक भातृसंस्थाले कम्तीमा १०० जनाका दरले नेताकार्यकर्तालाई सहभागी गराउने गरी जिम्मेवारी दिएको छ । नगर कमिटीका अध्यक्ष माधव वलीको अध्यक्षतामा भएको बैठकमा केन्द्रिय सदस्य घनस्याम पाण्डेले उक्त दिन तुलसीपुरमा पन्ध्रसय नेता कार्यकर्ता उतार्नेगरी तयारीमा जुट्न निर्देशन दिनुभएको छ ।

उहाँले पछिल्लो समय गठबन्धन सरकारले गरेका जनबिरोधी कामको भण्डाफोर गर्नेगरी प्रशिक्षण कार्यक्रमलाई अगाडि बढाएको बताउनुभयो । अहिलेको सरकार बढ्दो महङ्गी ,भ्रष्टाचार र राष्ट्रघाती गतिविधितर्फ लिप्त भएकाले अब खबरदारी गर्नुपर्ने उहाँले बताउनुभयो । सोअबसरमा नगर इन्चार्ज मान बहादुर रावतले कार्यक्रमलाई सफल बनाउनका लागि नेता कार्यकर्ताको जिम्मेवारीको बाँडफाड, त्यसको व्यवस्थापनका बारेमा प्रकाश पार्नु भएको थियो । बैठकको सहजीकरण नगर सचिब रुप बहादुर खत्रीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ साउन १६ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।