२०८३ भाद्र ९ गते मङ्गलवार

बाउजर फिर्ता लैजाने कार्यको पूर्व मेयर पाण्डेद्धारा घोर आपत्ती

तुलसीपुर, १५ साउन । तुलसीपुर उपमहानगरपालिका पूर्व मेयर घनश्याम पाण्डेले दाङको टरिगाउँ एयरपोर्टमा ल्याइएको बाउजरलाई फिर्ता लैजाने सरकारको तयारी प्रति आपत्ती जनाउनु भएको छ । पूर्व मेयर पाण्डेले आज एक प्रेस विज्ञप्ती जारी गर्दै बिभिन्न बाहानामा बाउजर लैजान खोज्नु दाङबासीको लागि ठूलो पिडा र दुःखदायी कुरा भएको भन्दै जनहित विपरित गरिने कार्यप्रति जति निन्दा र भ्रत्सना गरेपनि कमी हुने बताउनुभयो ।

जहाजमा तेल भर्न प्रयोग गर्ने बाउजर फिर्ता लिन तुलसीपुरमा प्राविधिको टोलि नै आएपछि पाण्डेको यस्तो विज्ञप्ती आएको हो ।  बिमानस्थलको धावनमार्गको स्तर वृद्धि गरेर हवाई उडान नियमित संचालन गर्नुको साटो भएका संचरना उल्टै लग्न खोज्नु गठबन्धन सरकारको विकास बिरोधी र निकम्मा पन भएको पाण्डेद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

‘दाङ एअरपोर्ट संचालन र विस्तारमा अत्यन्तै आवश्यकताको रुपमा रहेको इन्धन डिपोको स्थापना र हवाई इन्धन भर्ने बाउजर मेसिन ल्याउनको लागि मैले तत्कालीन प्रधानमन्त्री केपि शर्मा ओलि, आपूर्ति मन्त्री लेखराज भट्ट, लुम्बिणि प्रदेश मुख्यमन्त्री शंकर पोखरेल र नेपाल आयल निगमका माहानिर्देशक सुरेन्द्र पौडेललाई बिशेष अनुरोध गरेको थिए । उहाँहरुकै पहलमा दाङ एअरपोर्टमा ईन्धन डिपो निर्माण भएको छ ।

बाउजर मेसिन आएको छ । अन्य हवाई सेवा प्रदायकहरुसंग हवाई इन्धन डिपो संचालनमा आएपछि हवाई उडान थप्ने र पाईलट एकाडेमी सन्चालन गर्ने कुरा पनि भै रहेको छ । तर यहाँको बाउजर अन्यत्र लैजाने कुराले बर्तमान गठबन्धन संघ र प्रदेश सरकारको नियतमाथी शंका उब्जाएको छ । यसको सवैले खबरदारी गरौ । छिटो भन्दा छिटो हवाई इन्धन सेवा संचालन गरौ, थप उडान सेवाको लागि पहल गरौ ।’  पाण्डेद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : २०७९ साउन १५ गते आइतवार
प्रतिक्रिया