२०८३ भाद्र ९ गते मङ्गलवार

तुलसीपुरमा पुष्पलाल स्मृति दिवस मनाइँदै

फाईल फोटो

तुलसीपुर, ५ साउन । दाङको तुलसीपुरमा विभिन्न कार्यक्रमको आयोजना गरेर  पुष्पलाल स्मृति  दिवस मनाउने तयारी गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४४ औँ स्मृति दिवसका अवसरमा नेकपा एमाले जिल्ला कमिटी दाङ र तुलसीपुर नगर कमिटीले छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेर स्मति दिवस मनाउन लागेको हो ।

स्मृति दिवसको पूर्व सन्ध्यामा तुलसीपुर नगर कमिटीले रक्तदानको आयोजना गरेको छ । रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको नगर कमिटी अध्यक्ष माधव वलीले जानकारी दिनुभयो । कार्यक्रम बिहान ७ बजे तुलसीपुर उपमहानगरको दक्षिण तर्फ रहेको  पुष्पलाल बाल उद्यानमा गरिने छ । त्यसैगरी जिल्ला कमिटीले ७ गते पुष्पलाको शालिकमा माल्यार्पण पश्चात पार्टी कार्यालयमा औपचारिक कार्यक्रमको आयोजना गरेको छ ।

यसैबिच नगर कमिटीका सचिव रुपबहादुर खत्रीले  एक प्रेस विज्ञप्ती जारी गर्दै भोली र पर्सी हुने कार्यक्रममा सहभागीता लागि सबैमा अनुरोध गर्नभएको छ । पुष्पलाल स्मृति दिवसमा सहभागिताका लागि पार्टीका नेता, अगुवा कार्यकर्ता, पार्टीका विभिन्न भातृसंगठन, शुभचिन्तक, पत्रकार सबैमा अनुरोध गर्दछौ विज्ञप्तीमा भनिएको छ ।

पुष्पलालले विसं २००६ वैशाखमा चार जना साथी निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर पहिलो पटक भारतको कोलकातामा बसेर नेकपा स्थापना गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ साउन ५ गते बिहिवार
प्रतिक्रिया