२०८३ असोज ६ गते मङ्गलवार

जनभावना अनुसार काम गर्न एमालेका केन्द्रिय सदस्य पाण्डेको निर्देशन

तुलसीपुर, २ साउन । नेपाल कम्युनिष्ट पार्टी एमाले तुलसीपुर नगर कमिटीले चुनावी समिक्षा गरेको छ । निर्वाचन भएको २ महिनापछि नगर कमिटीले चुनावी समिक्षा गरेको हो । समिक्षा कार्यक्रममा सहभागी वडा कमिटीका अध्यक्षहरुले तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका चयनदेखि निर्वाचनमा भएको अन्तरघातको विषयलाई लिएर कडा आलोचना र टिप्पणी गरेका थिए । पार्टीका १९ वटा वडाकमिटी अध्यक्ष तथा प्रतिनिधिहरुले निर्वाचनमा पराजित हुनुको

मख्य कारण जिल्लाको नेतृत्वले टिकट वितरणमा गरेको त्रुटी र अन्तरघातलाई लिएको छ । विगतमा भए गरेका कमिकम्जोरीलाई नसच्याए आगामि निर्वाचनमा पनि नसोचेको परिनाम आउन सक्ने भन्दै नेतृत्वलाई सचेत गराएको छ । ३ सय ६५ दिनमा ३ सय ६४ दिन बाल ढल्काएर एमाले भन्दै हिड्ने र एक दिन काँग्रेसमा जाने व्यक्ति एमालेको इमान्दार सिपाई नभई अन्तरघती भएकाले तत्काल कारबाही गर्नुपर्ने ७ नम्बर वडा कमिटी अध्यक्ष बालाराम रेग्मीले जोड दिनुभयो । त्यसैगरी दुई नम्बर वडा कमिटी अम्बिका योगीले १९ वटा वडा पार्टी कमिटीसंग कुनै समन्वय नगरेर नगर प्रमुखले कार्यपालिका गठन गरेर आफुहरुलाई भ¥याङकको रुपमा प्रयोग गरेकाले विगतको यथार्त धरातललाई नविर्सन आग्रह गर्नुभयो । सो अवसरमा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य घनश्याम पाण्डेले जहाँ जनता हुन्छन् त्यहाँ नेकपा एमालेको नेतृत्व पुग्नुपर्ने बताउनुभयो । हरेक संघसंस्था, टोल, सामुदायिक वन, खानेपानी, विद्यालयमा एमालेको नेतृत्व स्थापित गर्नेगरी वडा, नगर कमिटीले योजना बनाएर लाग्न निर्देशन दिनुभयो । समाजको महत्वपूर्ण प्रभाव पार्ने स्थानमा पार्टीको नेतृत्व नहुँदासम्म राष्ट्रिय, प्रदेश र नगरमा हावी हुन नसक्ने सदस्य पाण्डेले बताउनुभयो ।

एमालेको नेतृत्व भएको ठाउँमा जनभावना र उच्च स्तरको नमूना योग्य काम गर्नुपर्ने बताउँदै केन्द्रिय सदस्य पाण्डेले बिजुली बत्ती, खानेपानी, सडक, कुला लगाएतका विकास निर्माणको काममा एमालेले पहल गर्नुपर्ने बताउनुभयो । नगर कमिटी अध्यक्ष माधव वलीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टिकाराम खड्का, उपमेयर स्यानी चौधरी, निवर्तमान उपमेयर माया शर्मा लगाएतले आ–आफ्ना धारना राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण नगरकमिटीका सचिव रुपबहादुर खत्रीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ साउन २ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।