विद्यार्थीलाई अक्षयकोष छात्रवृत्ती वितरण

तुलसीपुर, १३ जेठ । माध्यामिक विद्यालय अश्वाराले १४ जना विद्यार्थीलाई विभिन्न अक्षयकोषबाट छात्रवृत्ती प्रदान गरेको छ । शुक्रबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर विद्यालयमा स्थापना गरिएका अक्षयकोषबाट विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

घनश्याम पाण्डेले स्थापना गरेको एकलाख एक हजार एक सय एघार रुपैयाँको टेक–अमृता अक्षयकोषबाट सरोज जैशी, अन्मेश बोहरा, ममता रावतलाई प्रति व्यक्ति ३ हजार रुपैयाँका दरले प्रदान गरिएको थियो । त्यसैगरी पत्रकार ओपेन्द्र बस्नेतले स्थापना गरेको वुद्धिमान रामकुमारी अनाथ बालबालिका तथा जेहन्दर अक्षयकोष छात्रवृत्ती सम्झना रेउले, सन्तोष कवर र डिला पुनलाई प्रदान गरिएको छ । त्यसैगरी सौरभ भट्टराईको पहलमा दक्षिण कोरीयाबाट आउने गरिब तथा जेहन्दार छात्रवृत्तीबाट ३ जनालाई प्रति व्यक्ति ३ हजारका दरले प्रदान गरिएको छ ।

त्यसैगरी निरु बाल साहित्य, वुद्धि तिलका, गंगा झुपी र राजाराम शाह अक्षयकोष छात्रवृत्ती विभिन्न कक्षामा अध्यनरत विद्यार्थीहरुलाई प्रदान गरिएको छ । सो अवसरमा नवनिर्वाचति जनप्रतिनिधीलाई स्वागत सम्मान गरिएको थियो भने विद्यालयबाट विदाई भएर जान लागेका कक्षा १२ का विद्यार्थीहरुलाई पनि विदाई गरिएको थियो ।

विद्यालय शिक्षक अभिभावक संघका सदस्य चिरञ्जीवी शर्माको अध्यक्षता एवम निवर्तमान नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आथित्यमा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका – ८ का वडा अध्यक्ष धर्मराज वली, विद्यालयका प्रधानाध्यापक हिरालाल न्यौपाने, पूर्व शिक्षक तुलसीराम भट्टराई, शिक्षक खगेन्द्र काफ्ले, विद्यार्थीहरु सन्तोषी चौधरी, लिलाकुमारी कवर, अन्वेश बोहरा लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ १३ गते शुक्रवार
प्रतिक्रिया