तुलसीपुरका निवर्तमान मेयर पाण्डेद्धारा नव निर्वाचित जनप्रतिनिधीलाई बधाई ज्ञापन

तुलसीपुर, १२ जेठ । तुलसीपुर उपमहानगरपालिका निर्वतमान मेयर घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधी प्रति हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्य सबैलाई बधाई ज्ञापन गर्नुभएको हो ।

पाण्डेद्धारा जारी प्रेस विज्ञप्तीमा नगर प्रमुख टिकाराम खडका, उपप्रमुख स्यानी चौधरी, वडा न.१ का अध्यक्ष हुमकान्त सापकोटा, वडा न.२ का अध्यक्ष भिम बहादुर योगी, वडा न.३  का अध्यक्ष बिजय बि.क., वडा न.४ का अध्यक्ष तुल्सीराम पुनमगर, वडा न.५ का अध्यक्ष बिरेन्द्र शाह, वडा न.६ का अध्यक्ष दुजमान भण्डारी (बर्षात), वडा न.७ का अध्यक्ष राम बहादुर जि.सी., वडा न.८ का अध्यक्ष धर्मराज वली, वडा न.९ का अध्यक्ष घनश्याम ढकाल, वडा न.१०  का अध्यक्ष यमराज के.सी., वडा न.११ का अध्यक्ष मान बहादुर रावत , वडा न.१२ का अध्यक्ष खुसिराम चौधरी, वडा न.१३ का अध्यक्ष मोहन पौडेल, वडा न.१४ का अध्यक्ष शंकर खडका, वडा न.१५ का अध्यक्ष लक्ष्मण चौधरी , वडा न.१६ का अध्यक्ष शिबानन्द डाँगी, वडा न.१७ का अध्यक्ष थलराज पुरी, वडा न.१८ का  अध्यक्ष माधब वली र वडा न.१९ का अध्यक्ष प्रेमनाथ योगीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १२ गते बिहिवार
प्रतिक्रिया