तुलसीपुर,५ मंसीर ।
तुलसीपुर उपमहानगरपालिका र त्यस क्षेत्रभित्र रहेका बिद्यालयका प्रधानाध्यापक बीच आज १७ बुँदे कार्य सम्पादन सम्झौता भएको छ । तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव भाष्कराज गौतम र तुलसीपुर उपमहानगरपालिका भित्र रहेका ८४ वटा बिद्यालयका प्रधानाध्यपक बीच उक्त सम्झौता भएको हो ।
सम्झौता पत्रमा बिद्यालयको न्युनतम सिकाई ५० प्रतिशत पु¥याउने,बिद्यालय संचालनको समय बिहान १० बजे देखी अपराह्न ४ बजेसम्म अनिवार्य बनाउने,बिद्यालय समयभित्र बिद्यालय बाहेक अन्य कुनैपनि गतिबिधीमा संलग्न नहुने,शिक्षकले अनिवार्य रुपमा शिक्षक पोशाक लागाउने लगाएतका १७ बुँदा समेटिएका छन् । करार सम्झौता पश्चात सामूदायिक बिद्यालयको स्तरउन्नती हुने उपमहानगरपालिकाले अपेक्षा गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपमहानगर प्रमुख घनश्याम पाण्डेले करार सम्झौता चैत मसान्तसम्म लागु हुने र कार्यान्यवन नगर्नेलाई कार्वाही गर्ने बताउनुभयो । उहाँले उपमहानगरसँग गरेको करार सम्झौता आआफ्नो बिद्यालयका शिक्षकहरुलाई पनि कार्यान्वयन गराउननिर्देशन दिनुभयो । रक्षाचौर विद्यालयका प्रधानाध्यापक बिष्णु आचार्य, अमर मा.वि. उरहरी प्रधानाध्यापक पदमप्रसाद न्यौपाने,लगाएतकाले बोल्नु भएको थियो ।
उपमहानगरका क्षिक्षा समितीका संयोजक देवराज बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण बिद्यालय निरीक्षक बिष्णु उपे्रतीले गर्नुभएको थियो ।