कक्षा ११ को रजिष्ट्रेशन फारम बुझाउने म्याद थप

तुलसीपुर,२८ कार्तिक ।
कक्षा ११ को रजिष्ट्रेशन आवेदन फारम बुझाउने म्याद थप गरीएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डको कार्तिक २६ गतेको बैठकले यस्तो निर्णय गरेको हो । रजिष्ट्रेशन शुल्क बापतको रकम बैंकमा बुझाएको तर तोकिएको समयमा सम्बन्धित शाखा कार्यालयहरुमा रजिष्ट्रेशन आवेदन फारम नबुझाएका विद्यालयहरुले एक हजार जरिवाना बोर्डको बैंक खातामा दाखिला गरेर आवेदन फारम बुझाउनु पर्ने परीक्षा बोर्ड दाङ शाखाका रुपेश पछाईले जानकारी दिनुभएको छ ।

रजिष्ट्रेशन शुल्क नबुझाएका विद्यालयले प्रति विद्यालय एक हजार जरिवाना र प्रति विद्यार्थी दोब्बर दस्तुर बापत आठ सय का दरले हुने
रकम बोर्डको बैंक खातामा दाखिला गरेको हुनुपर्ने उहाले जानकारी दिनुभयो । उक्त भौचर सहित मिति २०७४ मंसिर ४ गतेभित्र बोर्डका सम्बन्धित शाखा कार्यालयहरुमा रजिष्ट्रेशन आवेदन फारम बुझाउनु पर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस ।

I3N2sX2ahZ171113053600

प्रकाशित मिति : २०७४ कार्तिक २८ गते मङ्गलवार
प्रतिक्रिया