तुलसीपुर, २६ फागुन । नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका–५ नम्बर वडा कमिटीले पार्टीको विभिन्न जिम्मेवारी पाएकाहरुलाई सम्मान गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरेर एमाले जिल्ला कमिटीको सदस्यमा मनोनित हुनुभएका नारायण खनाल र उद्योग विभाग प्रमुख राम प्रसाद चालिसेलाई स्वागत तथा सम्मान गरेको हो । यस अघि जिल्ला सदस्य टोपबहादुर घर्ती, तुलसा पोख्रेललाई पनि स्वागत सम्मान गरेको थियो ।
त्यसैगरी वडा कमिटीले अमृतपुर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थामा उम्मेदवार वनेका संगित बस्याल नेतृत्वको सयुक्त प्यानललाई विजयी बनाउन आ–आफ्नो तर्फबाट लाग्न अगुवा नेता तथा संगठित कार्यकर्तालाइ आग्रह गरेको छ ।
वडा कमिटी अध्यक्ष पदम पोख्रेल जेठुकान्छुको अध्यक्षता एवं पार्टी जिल्ला कमिटी उपसचिव कृष्ण भुसालको प्रमुख आथित्यमा भएको कार्यक्रमको सहजीकरण सचिव युवाराज नेपालीले गर्नु भएको थियो ।






