भवन जिर्ण हुदा बिद्यार्थीहरु त्रासमै पढ्न बाध्य

अर्जुन परियार,हापुरे दाङ,१५ कार्तिक ।

जनकल्याण माध्यामिक बिद्यालय बबई गाउपालीका ५ पदमपुरमा पठनपाठनमा समस्या आएको छ । स्थापना कालदेखी सञ्चालनमा आएका कक्षाकोठाहरु जिर्ण बन्दै गएपछि बिद्यालयको पठनपाठनमा समस्या आएको हो । २०३६ सालमा स्थापना भएको बिद्यालयले २०५७ सालदेखी माबि तहका कक्षाहरु सञ्चालन गर्दै आएको छ ।

बिद्यालयमा अहिले नौ सय ५९ जना बिद्यार्थीले अध्ययन गर्दै आईरहेका छन् । बिद्यालयमा अध्ययनरत सबै बिद्यार्थीहरुलाई १८ वटा कक्षाकोठा आबस्यक पर्ने भएपनि भबनहरु जिर्र्ण बन्दै गएपछि भत्केका भबनमा त्रासपुर्ण तरीकाले बसेर बिद्याथीहरु पढ्न बाध्य छन् । माबि तहका बिद्यार्थीहरु अतिरीक्त कक्षाको लागी बिज्ञान प्रयोगशाला रहेको कोठाको भुईमा बसेर पढिरहेका छन् ।

एकातिर बिद्यार्थीहरुको चाप र अर्कोतिर बिषयगत शिक्षकहरुको अभाब त्यसमा पनि बिद्यालयका जिर्ण भबनहरुले गर्दा बिद्यार्थीहरुको पठनपाठनमा समस्या आईरहेको बिद्यालयका प्रधानअध्यापक खिमबहादुर केसीले जानकारी दिनुभएको छ ।

पश्चिम क्षेत्रको सम्भाबना बोकेको बिद्यालय माबि पदमपुरमा भबनहरु जिर्न बनेपछि र बिद्यालयलाई आबस्यक शिक्षकहरु नहुदा पठनपाठन प्रभाबित बनेका हो । बिद्यालयमा हाल १२ जना आधारभुत तर्फ दरबन्दी रहेको छ भने माबि तह २ जनाको राहतकोटा भएपनी एकजनाको कोटा रिक्त रहेको छ । रिक्त कोटामा शिक्षकको पदपुर्ति गर्न सम्बन्धित निकाएबाट इजाजत नपाउदा राहतकोटा पनि रिक्त रहेको छ ।

माबि तहका कक्षा सञ्चालनमा आबस्यक पर्ने दरबन्दि त बिद्यालयमा छैन तर भएको राहतकोटा पनि रिक्त हुदा माबि तहका बिद्यार्थीहरुलाई आधारभुत तहका शिक्षकहरुले पढाउनु पर्ने बाध्यता रहेको छ । बिद्यालयको आम्दानीको स्रोत नहुदा र गत आर्थिक बर्ष देखी पिसिफ रकम कटौती गर्दा बिद्यालयमा रहेका नौ जना निजी स्रोतका शिक्षकहरुले गत श्राबन महिनादेखी तलब पाउन नसकेको प्रधानाध्यापक खिमबहादुर केसीले जानकारी दिनुभएको छ ।
बिद्याथीहरुको सुनौलो भबिस्यको लागी बिषयगत शिक्षक र सुरक्षित भबनहरु आबस्यकता माबि पदपुरमा रहेको छ । उक्त आबस्यक्ताको पुर्ति भयो भने बिद्यालयले यहाँका बिद्यार्थीहरुको भबिष्य उज्यालो बनाउन सक्ने छ ।।

 

 

 

प्रकाशित मिति : २०७४ कार्तिक १५ गते बुधवार
प्रतिक्रिया