
फाईल फोटो
काठमाण्डौ, २७ पुस । नेकपा एमालेको जारी जिल्ला अबिधेशनबाट विभिन्न ४६ जिल्लामा नेतृत्व चयन भएका छन् । प्रदेश १ का ९ जिल्ला, प्रदेश २ का २ जिल्ला, बागमती प्रदेशका ११ जिल्ला र गण्डकी प्रदेशका ७ जिल्लामा नयाँ नेतृत्व चयन भएका छन् ।
लुम्बिनी प्रदेशका १०, कर्णाली प्रदेशका ४ र सुदूरपश्चिम प्रदेशका २ जिल्ला र उपत्यका विशेषको २ जिल्लामा नयाँ नेतृत्व चयन भएको एमालेकेन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले जानकारी दिनुभयो । एमालेले बिभिन्न ६३ जिल्लामा शुक्रबार एकैपटक अधिवेशन सुरु गरेको थियो ।
प्रकाशित मिति : २०७८ पुष २७ गते मङ्गलवार