एकै दिन विश्वभर ४,४०० उडान रद्द

एजेन्सी, १८ पुष । कोरोनाभाइरस र खराब मौसमका कारण क्रिसमसको याममा अमेरिकामा हवाई उडान रद्द हुने क्रमले एउटा नयाँ उच्च बिन्दु छोएको छ ।  शनिवार विश्वभर झन्डै ४,४०० उडानहरू रद्द गरिएकामा २,५०० भन्दा धेरै अमेरिकामा रहेको एअर ट्राफिक साइट फ्लाइटअवेरले जनाएको भन्दै बीबीसीले जनाएको छ ।

वायुसेवाका धेरै कर्मचारी कोभिड सङ्क्रमितको संसर्गमा आएर क्वारन्टीनमा बसिरहेका कारण समस्या झन् थपिएको हो। यात्रुहरूको त्यस्तो सङ्कटमा मध्य अमेरिकामा परेको हिमपातले अर्को सास्ती थपेको थियो।

प्रकाशित मिति : २०७८ पुष १८ गते आइतवार
प्रतिक्रिया