कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा पुन विजयी (कसले कति मत पाए)

फाईल फोटो

बुटवल,२० मंसीर । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा संस्थापन इतर पक्षका अमरसिंह पुन निर्वाचित हुनु भएको छ ।संस्थापन पक्षका उम्मेदवार भरत शाहलाई पराजित गर्दै पुन सभापतिमा निर्वाचित हुनु भएको हो । निर्वाचनमा १ हजार ६ सय ३१ मत खसेकोमा उहाले ८ सय ८२ मत प्राप्त गर्नुभएको थियो भने उहाका प्रतिद्धन्द्धी शाहले ७ सय ६७ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै अन्य पदाधिकारीमा पुन प्यानलकै वर्चस्व देखिएको छ।उपसभापतिमा राजु खनाल र भुवन श्रेष्ठ , महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्र आचार्य विजयी हुनु भएको छ ।यस्तै सहमहामन्त्रीमा विष्णुप्रसाद खनाल, खगराज पाण्डे र निमा गिरी निर्वाचित हुनु भएको छ ।

कसको मत कति आयो

 

 

प्रकाशित मिति : २०७८ मङ्सिर २० गते सोमवार
प्रतिक्रिया