कांग्रेस लुम्बिनी प्रदेश निर्वाचनमा छ सय बढि मत गन्दा पुनको अग्रता कायमै

फाइल फोटो

तुलसीपुर, १९ मंसीर । नेपाली काग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत लुम्बिनी प्रदेश निर्वाचनमा मतगणना जारी छ । शनिवार भएको मतदानामा १६३१ मत खसेको थियो । अहिले सम्म ६१५ मतगणना हुदा प्रदेश सभापतिका उम्मेदवार अमरसिंह पुनको पक्षमा ३४४ मत खसेको छ भने भरत कुमार शाहको पक्षमा २१६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

यस्तैगरी उपसभापतिमा अष्टभुजा पाठकको ३१९ र भुवन श्रेष्ठको ३३१ मत, राजु खनाल २१६ र सुधाकर पाण्डे १९१ मत ल्याउनु भएको छ । यस्तै महामन्त्रीमा खिमानसिंह १९४, जन्मजय १९२ ,विक्रम खनाल ३३८ र सुरेन्द्रराज आचार्यले ३२९ मत ल्याउनु भएको समितिले जनाएको छ ।

अन्य पादाधिकारीमा कसले कति मत ल्याए ?

प्रकाशित मिति : २०७८ मङ्सिर १९ गते आइतवार
प्रतिक्रिया